Saturday, October 2, 2010

पाल्पा जिल्ला देशभरिमा प्रथम

न्यूनतम मापदण्ड सर्त र कार्यसम्पादन मूल्यांकनमा नेपाल राज्यभरमा पाल्पा जिल्ला पहिलो जिल्ला भएको छ ।
स्थानीय निकायहरू गाविस, नगर र जिविसका कार्यसम्पादन मूल्यांकन गर्ने स्थानीय विकास मन्त्रालय मातहतको स्वतन्त्र निकाय स्थानीय वित्तीय आयोगले सार्वजनिक गरेको नतिजामा पाल्पा जिल्ला पहिलो भएको जनाइएको छ ।
मापनको १०० पूर्णाङ्क भएकोमा पाल्पाले ९० पूर्णाङ्क ल्याएर पहिलो भएको हो ।
देशभरमा पहिलो भएपछि पाल्पा जिल्लाले स्थानीय विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा ३० प्रतिशत बजेट थप पाउने भएको छ ।
स्थानीय सुशासन, सञ्चार, दलित, जनजाति आदिवासीलगायतका लक्षित वर्गमा सञ्चालन भएको कार्यक्रममा उत्कृष्ट भएवापत पाल्पा जिल्ला प्रथम भएको हो ।
जिल्लाका ६५ गाविसमध्ये ६० गाविस न्यूनतम सर्त मापनमा पास भएको छ ।
पास भएका गाविसले समेत श्रेणीअनुसार रकम थप पाउने भएका छन् ।
पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लामध्ये पाल्पा प्रथम भएको छ भने कपिलवस्तुसहित ११ जिल्ला फेल भएका छन् ।
वित्तीय विकेन्द्रीकरणको अगुवाका रूपमा मानिने आयोगले स्वतन्त्र मूल्यांकनकर्ताको अध्ययनका आधारमा २०६४ सालयता स्थानीय निकायले वार्षिक रूपमा कामको मूल्यांकन गर्दै आएको छ ।
जिल्लाले आर्थिक वर्षमा गरेको नतिजाको आधारमा स्थानीय निकायको अनुदान पक्का हुने गरेको छ ।
चालीसवटा कार्य सम्पादन र १३ वटा न्यूनतम सर्तको सूचकका आधारमा मूल्यांकनकर्ताले स्थानीय निकायको वित्तीय अनुगमन गर्ने गर्दछ ।

(पाल्पा, १५ असोज २०६७)

No comments:

Post a Comment